Kathmandu Press

आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन्त्रालयद्वारा अर्बौं रूपैयाँ रकमान्तर 

काठमाडौं, असार ३ :  अर्थ मन्त्रालयले जेठ महिनामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन....

आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन्त्रालयद्वारा अर्बौं रूपैयाँ रकमान्तर 

काठमाडौं, असार ३ :  अर्थ मन्त्रालयले जेठ महिनामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा पाँच अर्ब रुपैयाँ रकमान्तर गरेको हो। गत वैशाख महिनामा ४ अर्ब रुपैयाँ रकमान्तर गरेको अर्थ मन्त्रालयले जेठमा अधिकांश भइपरी आउने विकास खर्चका नाममा रकमान्तर गरेको हो।

विगतमा ठूला आयोजनाहरुलाई रकम अपुग भएमा रकमान्तर गर्ने भएतापनि जेठ महिनामा पनि खुद्रा कार्यक्रमका लागि ठूलो पैसा रकमान्तर गरिएको छ। कर्मचारीका  लागि प्रोत्सहान भत्तादेखि, वैदेशिक भ्रमणमा रकममान्तर गरिएको छ। अर्थ मन्त्रालयले भइपरी आउने विकास खर्चका नाममा कुनै योजनाको नाम उल्लेख नगरी ३ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ। 

प्रधानमन्त्रीको विदेश भ्रमण, राष्ट्रपतिको विदेश भ्रमणमा समेत रकमान्तर गरिएको  छ। राष्ट्रपतिको चीन भ्रमणका लागि अर्थ मन्त्रालयले ३ करोड ९५ लाख रुपैयाँ रकमान्तर गरेको दिएको छ।  त्यस्तैगरी, अर्थ मन्त्रालयले पहिलो र दोस्रो संविधान सभाका सभासदहरुलाई वितरण गरिएको पदकका लागि मात्रै ४ करोड ९६ लाख ४२ हजार रुपैयाँ रकमान्तर गरेर निकासा गरिएको छ। 

ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनको आधारमा २ करोड २७ लाख प्रोत्साहन भत्ता वितरणका लागि निकासा गरिएको छ। त्यस्तैगरी, अन्य क्षेत्रमा खटिने कर्मचारीहरुलाई पनि ५० प्रतिशत भत्ता स्वरुप वितरणका लागि २० करोड रुपैयाँभन्दा बढी रकमान्तर गरिएको  छ। 

अर्बौं रुपैयाँ रकमान्तर, कहाँ कति गरियो हेर्नुस् ?

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, असार ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्