तत्काल खोप तत्काल उपलब्ध गराउन नसक्ने सेरमको भनाइ, नेपालको १० लाख डोज रोकिने
काठमाडौं, जेठ ५ : सेरम इन्स्टिच्युट अफ इन्डियाले सन् २०२१ को अन्तिमतिरबाट मात्रै अरू मुलुकलाई कोरोनाविरूद्धको खोप दिन सकिने बताएको छ।संसारको सबैभन्दा ठूलो खोप...
काठमाडौं, जेठ ५ : सेरम इन्स्टिच्युट अफ इन्डियाले सन् २०२१ को अन्तिमतिरबाट मात्रै अरू मुलुकलाई कोरोनाविरूद्धको खोप दिन सकिने बताएको छ।
संसारको सबैभन्दा ठूलो खोप उत्पादक रहेको सो कम्पनी मंगलबार एक विज्ञप्ति जारी गर्दै कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने बताएको हो।
महामारीले चर्को रूप लिइरहेका बेला आफ्नो देशलाई चाहिने खोप सुरक्षित गर्नुको सट्टा विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना भइरहेको छ।
बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रजेनेकाद्वारा विकासित खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ।
सेरमका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीयको ज्यान जोखिममा राखेर कहिल्यै पनि खोप निर्यात नगरिएको बताइएको छ। अहिले भारत नै कोरोना महामारीको दोस्रो लहरले आक्रान्त बनेकाले अबका केही महिना सेरमद्वारा उत्पादित खोप भारतमै प्रयोग हुने पुनावालाको भनाइ छ।
भारतले गत वर्ष नेपाललगायत छिमेकी मुलुकलाई कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएको थियो। भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोनाविरूद्ध लड्न सघाउने सरकारको नीतिअनुसार झन्डै ६ करोड ६० लाख डोज विदेश पठाइएको पुनवालाले बताए।
भारतले आउँदो अक्टोबरभन्दा अघि खोप निर्यात खुला नगर्ने पनि समाचार संस्था रोयटर्सले भारतीय सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
सेरमसँग नेपालले २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। १० लाख डोज खोप आइसकेको छ भने अरू आउन बाँकी छ । बाँकी १० लाख डोजका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ।
सेरमले बाँकी खोप नदिएपछि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने अनिश्चित भएको छ।
सिरमको विज्ञप्ति












