गण्डकीमा आज मन्त्रिमण्डल विस्तार हुँदै
काठमाडौं, जेठ ५ : आज (बुधबार) गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदैछ। वैशाख २९ गते पुनः मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले नियुक्तिको एक सातापछि मन्त्रिमण्डल विस्तार...
काठमाडौं, जेठ ५ : आज (बुधबार) गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदैछ। वैशाख २९ गते पुनः मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले नियुक्तिको एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। उनले वैशाख २६ गते उनले राजीनामा दिएका थिए।
मन्त्रिमण्डल एकैपटक पूर्ण रुपमा गठन हुने र पुरानै अनुहार दोहोरिन सक्ने जनाइएको छ। तत्काल बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले मन्त्रिमण्डल विस्तार गर्न लागिएको गण्डकी प्रदेशसभाका एक सदस्यले बताए।
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न ७२ घन्टाको समय दिए पनि विपक्षी गठबन्धनले सो अवधिमा बहुमत दाबी गर्न सकेन।
त्यसपछि वैशाख २९ मा ठूलो दलको नेताको हैसियतमा गुरुङलाई नै मुख्यमन्त्रीमा दोहोर्याइएको थियो।
प्रकाशित मिति: १२:११ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











