नवलपरासीमा सशस्त्रको गोलीबाट युवक घाइते
नवलपरासी, जेठ ५ : नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा गोली चल्दा एक जना घाइते भएका छन् ।बिहान करीब ९: ३० वजेको समयमा स्थानीय...
नवलपरासी, जेठ ५ : नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा गोली चल्दा एक जना घाइते भएका छन् ।
बिहान करीब ९: ३० वजेको समयमा स्थानीय र शसस्त्र प्रहरीबीच भनाभन हुदा गरिएको हवाइ फाइरीङमा स्थानीय २२ वर्षीय अविनास राजभर घाइते भएका हुन्।
राजभर सिमानाकाबाट भारत प्रवेश गर्न खोज्दा शसस्त्रले रोक्न खोजेपछि दुई पक्षविच भनाभन भएको थियो । यस सम्बन्धि जानकारी लिन नवलपरासी प्रहरी घट्नास्थल तर्फ पुगिसकेको जनाइएको छ।
प्रकाशित मिति: ११:२१ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











