Kathmandu Press

लमजुङ भूकम्प : थुप्रै घर भत्किए, केही घाइते

बेसीशहर, जेठ ५ : आज बिहान लमजुङमा गएको भूकम्पमा परि थुप्रै घर भत्किएका छन् भने केही सर्वसाधारण घाइते भएका छन्। आज बिहान ५ः४२ बजे लमजुङ...
लमजुङ भूकम्प : थुप्रै घर भत्किए, केही घाइते

बेसीशहर, जेठ ५ : आज बिहान लमजुङमा गएको भूकम्पमा परि थुप्रै घर भत्किएका छन् भने केही सर्वसाधारण घाइते भएका छन्। 

आज बिहान ५ः४२ बजे लमजुङ केन्द्रविन्द भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रमा केन्द्रविन्द रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

भूकम्पले लमजुङका थुप्रै स्थानमा घर भत्किएका छन्। केही गाउँमा स्थानीय बासिन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किएको र घाइते भएको खबर आइरहेको प्रहरीले नजाएको छ। 

भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकामा धेरै घर भत्किएका छन््। भूकम्पपछि स्थानीय बासिन्दाको भागभाग भएको र घरहरू भत्किएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। घाइत भएको खबर आए पनि अहिलेसम्म कोही हताहात भएको जानकारी नआएको उनले बताए। 

बेंसीसहर नगरपालिकामा पनि केही घर भत्किएका छन्। भूकम्पले गरेको क्षतिको विवरण आउन बाँकी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। 

बेंसीसहर नगरपालिकामा पनि केही घर भत्किएका छन्। भूकम्पले गरेको क्षतिको विवरण आउन बाँकी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। 

भूकम्पले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए। दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी गंगाबहादुर थापाले बताए। 

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्