Kathmandu Press

नवलपरासीमा बस दुर्घटना, चार जनाको मृत्यु

नवलपरासी, जेठ ५ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख...
नवलपरासीमा बस दुर्घटना, चार जनाको मृत्यु

नवलपरासी, जेठ ५ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा प्रहरीले जनाएको छ। केहीबेर अघि दुर्घटना भएको हो

अहिले उद्धार कार्य चलिरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले बताए। उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत हुन सकेको छैन। 

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका चिसापानी अस्पतालमा पठाउने कार्य भइरहेको इन्स्पेक्टर वाग्लेले बताए। घटनाको थप विवरण आउँन बाँकी रहेको छ। 

प्रकाशित मिति: ०८:१६ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्