Kathmandu Press

भारतमा दुई लाख ६७ हजार संक्रमित थपिए, चार हजार ५२५ मृत्यु

काठमाडौं, जेठ ५ : भारतमा एकै दिन दुई लाख ६७ हजारमा कोरोना संक्रमण देखिएको छ भने चार हजार पाँच सय २५ जनाको मृत्यु भएको...
भारतमा दुई लाख ६७ हजार संक्रमित थपिए, चार हजार ५२५ मृत्यु

काठमाडौं, जेठ ५ : भारतमा एकै दिन दुई लाख ६७ हजारमा कोरोना संक्रमण देखिएको छ भने चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा दुई लाख ६७ हजार एक सय ७४ जनामा कोरोना देखिएको हो। योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेका छन्। 

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ३२ हजार एक सय ६५ पुगेको छ। सक्रिय संक्रमित बढ्दै गएकाले गम्भीर बिरामीलाई पनि अस्पताल भर्ना हुन मुस्किल भएको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार दुई सय ७६ पुगेको छ। 
 

प्रकाशित मिति: ०७:३६ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्