Kathmandu Press

नेपालमा ५.८ रेक्टरको भूकम्प 

आज बिहानै नेपालमा भूकम्प गएको छ। यसको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ। 
नेपालमा ५.८ रेक्टरको भूकम्प 

काठमाडौं, जेठ ५ : आज बिहानै नेपालमा भूकम्प गएको छ। यसको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। आज बिहान ५ः४२ बजे ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। 

अमेरिकी भूकम्प सूचना केन्द्रले भने ५.३ रेक्टरको भूकम्प मापन गरेको छ। यो ३५ किलोमिटर गहिराइमा गएको जनाएको छ। 

यसको धक्का गण्डकी प्रदेशसँगै बाग्मती र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि महसुस गरिएको छ। अहिलेसम्म भूकम्पले गरेको क्षतिबारे जानकारी आएको छैन। 

त्यस्तै, यसको धक्का छिमेकी देश भारत र चीनमा पनि महसुस गरिएको जनाएको छ। 

प्रकाशित मिति: ०६:३५ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्