भोट माग्न गएका बादललाई नेपालले भने, ‘खिमलाल मेरै पहलमा उम्मेद्वार बनेका हुन्, अन्यथा गर्न मिल्दैन’
काठमाडौं, जेठ ४ : नेकपा एमालेका नेता माधव नेपालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटा आफ्नै पहलमा उम्मेद्वार बनेकाले अहिले अन्यथा गर्न...
काठमाडौं, जेठ ४ : नेकपा एमालेका नेता माधव नेपालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटा आफ्नै पहलमा उम्मेद्वार बनेकाले अहिले अन्यथा गर्न नसकिने बताएका छन् ।
आज नेता नेपालको सचिवालयले एक विज्ञप्ति निकालेर देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसकिने बताएको हो ।
नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले एक बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो ।’
यस्तै कतिपय मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएकोले भ्रममा नपर्न पनि नेपाल पक्षले आग्रह समेत गरेको छ ।











