Kathmandu Press

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको भन्दै संक्रमण रोक्नका लागि सबैजना सचेत हुन र जिम्मेवार बन्न मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताएका छन् । 
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण

काठमाडौं, जेठ ४ : नेपालमा पुनः नयाँ कोरोनाको भेरियन्ट पत्ता लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले अपिलमा उल्लेख गरेको छ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको भन्दै संक्रमण रोक्नका लागि सबैजना सचेत हुन र जिम्मेवार बन्न मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताएका छन् । 

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्