राष्ट्रियसभा निर्वाचनमा थापालाई एमाले नेता नेपालको साथ
काठमाडौं, जेठ ४ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।कोटेश्वरस्थित...
काठमाडौं, जेठ ४ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।
कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन् ।
भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले) मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनी पदमुक्त भएका थिए ।
प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











