Kathmandu Press

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाडौं, जेठ ४ : नेकपा (एमाले) ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन  पार्टीपङ्क्तिलाई आह्वान गरेको छ...
एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाडौं, जेठ ४ : नेकपा (एमाले) ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन  पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आवहन  गरेको हो ।

एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न  तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए ।

उनले  पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भाव लागि आवहन गर्ने निर्णय समेत गरिएकोे जानकारी दिए ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णय समेत गरेको छ । (रासस) 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्