इराकसँगको मैत्रीपूर्ण र विश्वकप छनोटका लागि राष्ट्रिय टिमको घोषणा
काठमाडौं, जेठ ४ : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले इराकसँगको मैत्रीपूर्ण खेल...
काठमाडौं, जेठ ४ : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोटका लागि मंगलबार बन्द प्रशिक्षणमा रहेका ३२ सदस्ययबाट २३ सदस्यीय टिम छनोट गरेका छन्।
प्रशिक्षक अलमुताइरीले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा स्थान दिँदा केही सिरियर खेलाडी भने उनको लिस्टमा अटाउन सकेनन्।
पहिलो पटक राष्ट्रिय टिममा कोरियामा फुटबल खेलिरहेका मिडफिल्डर मनिष डाँगी, नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर त्रय सुरजजिउ ठकुरी, कमल थाप, आयुष घलान, डिफेन्डर गौतम श्रेष्ठ र गोलकिपर विशाल सुनार छन्।
यस्तै, राष्ट्रिय टिममा लामो सयमदेखि रहँदै आएका स्ट्राइकर खरत खवार, लेफ्ट ब्याक रञ्जित धिमाल, दर्शन गुरुङले भने टिममा स्थान बनाउन सकेनन् । २३ सदस्यीय टिममा स्थान बनाउन नसक्ने अन्य खेलाडीमा नितिन थापा, सेसेहाङ आङ्देम्बे, निशान खड्का, रवि पासवान, विवेक बस्नेत र अमित तामाङ छन्।
नेपालले इराकसँग उसकै मैदानमा मे २९मा मैत्रीपूर्ण खेल खेल्ने छ। नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटमा अस्ट्रेलियान, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्दैछ । नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
यस्तो छ टिम
गोलकिपर : किरण चेम्जोङ (कप्तान) , दीप कार्की, विशाल सुनार।
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।
मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।
स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।











