Kathmandu Press

थपिए ८२०३ जना कोरोना संक्रमित, १९६ को मृत्यु

 पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।
थपिए ८२०३ जना कोरोना संक्रमित, १९६ को मृत्यु

काठमाडौं, जेठ ४ :  गत २४ घण्टामा कोरोनाका कारण १९६ जनाको मृत्यु भएको छ। 

यस्तै कुल २० हजार ९७९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये उपत्यकामा मात्रै २६३५ जना संक्रमित भेटिएका छन्।

जसमध्ये काठमाडौंमा  २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ। 

गत २४ घण्टामा ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्