Kathmandu Press

लुम्बिनीका प्रदेश प्रमुखले भने– मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न मिल्दैन

बुटवल, जेठ ४ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन्...
लुम्बिनीका प्रदेश प्रमुखले भने– मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न मिल्दैन

बुटवल, जेठ ४ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने बताएका छन्।

विपक्षी दलहरुले पहिले नै दर्ता भएको पाेखरेलमाथिकाे अविश्वास प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख यादवले संविधानअनुसार उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न नमिल्ने बताएका हुन्।

प्रदेशप्रमुख यादवले संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश वमोजिम अधिवेशन बोलाउने अवस्था नरहेको बताएका छन् । भनी उल्लेख गरेका छन् । वैशाख २६ गते कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव टुंगो नलाग्दै विशेष अधिवेशन अन्त्य गरिएको भन्दै पुनः विशेष अधिवेशन माग गरेका थिए।

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्