के लता मंगेशकरलाई अमिताभ बच्चनको अभिनय मन पर्दैनथ्यो ?
काठमाडौं, जेठ ४ : फिल्म ‘सिलसिला’को गीत ‘ये कहाँ आ गए हम’मा लता मंगेशकरले मात्र होइन, अमिताभ बच्चनको पनि स्वर छ । गीतको सुरुवातमा...
काठमाडौं, जेठ ४ : फिल्म ‘सिलसिला’को गीत ‘ये कहाँ आ गए हम’मा लता मंगेशकरले मात्र होइन, अमिताभ बच्चनको पनि स्वर छ । गीतको सुरुवातमा अमिताभ बच्चनको दमदार संवाद छ, त्यसपछि स्वर कोकिला लताको मधुर आवाजमा गीत छ। बीचबीचमा अमिताभको दमदार संवाद छँदै छ । यो गीतको रेकर्ड भने लता र अमिताभले बेग्लाबेग्लै गरेका थिए ।
एक लाइभ कन्सर्टको सिलसिलामा जब तला मंगशेकरले यस गीत गाइरहेकी थिइन्, उनले निकै विनम्रताका साथ अमिताभ बच्चनलाई आफूसँगै यस गीत गाउनका लागि स्टेजमा बोलाइन् । लताले त्यतिबेला भनेकी थिइन्, ‘रेकर्डिङपछि यो पहिलोपटक हो, मैले अमितजीको साथमा गाउँदै छु । जुन गीत मैले सुनाउन गइरहेकी छु, त्यसमा अमिताभ बच्चन पनि छन् । जुन दिन यो गीत रेकर्ड भएको थियो, त्यस दिन उनी थिएनन् । मैले मात्र गाएर आएकी थिएँ । आज पहिलोपटक मैले यो गीत उनीसँगै गाउँदै छु । अमिताभजी धेरै ठूला कलाकार हुन् । मैले उनलाई धेरै मान्छु । उनलाई धेरै मानिसले यो पनि भनेको हुन सक्छ– लताले तपाईंको अभिनय मन पराउँदिनन् । तर, त्यस्तो होइन । मेरा लागि उनी निकै ठूला कलाकार हुन् । मैले सधैँ उनको इज्जत गर्छु । र, उनको कामको प्रशंसा पनि गर्छु ।’
लताले थप भनेकी थिइन्, ‘१९८० मा अमेरिकामा उनको पहिलो स्टेज पर्फमेन्स थियो । उनले गीत पनि गाएका थिए । त्यतिबेला उनले मसँग दुई शो सँगै गरेका थिए ।’ एजेन्सी












