जसपामा अर्को ट्विस्ट : महन्थको हस्ताक्षरमा राजेन्द्र संसदीय दलको नेता भएको जानकारी संसद्मा
जसपा विवादमा अर्को ट्विस्ट आएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एकताको पक्षमा संयुक्त विज्ञप्ति जारी गरिरहँदा वरिष्ठ नेता राजेन्द्र महतोले ठाकुरको हस्ताक्षरसहित आफू संसदीय दलको नेता बनेको जानकारी संसद सचिवालयमा दिएका छन् ।
काठमाडौं, जेठ ४ : जसपा विवादमा अर्को ट्विस्ट आएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एकताको पक्षमा संयुक्त विज्ञप्ति जारी गरिरहँदा वरिष्ठ नेता राजेन्द्र महतोले ठाकुरको हस्ताक्षरसहित आफू संसदीय दलको नेता बनेको जानकारी संसद सचिवालयमा दिएका छन् ।
दलको कार्यालयले मंगलबार सचिवालयमा पत्र पठाएर त्यस्तो जानकारी गराएको हो । उक्त पत्र संसद् सचिवालयमा १३७९ नम्बरमा दर्ता भएको छ । पत्रका साथ संसदीय दलको विधान र दलको बैठकको माइन्युट पनि संलग्न रहेको सचिवालयले जनाएको छ। ३० वैशाखको दलको बैठकबाट महतोलाई नेता निर्वाचित गरेको पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











