Kathmandu Press

शपथका विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री केपी ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको सपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओलीसँग लिखित जवाफ माग...
शपथका विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री केपी ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको सपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओलीसँग लिखित जवाफ माग गरेको छ।

प्रधानमन्त्री ओलीको शपथविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो।

रिट निवेदकले प्रधानमन्त्रीले पुनः शपथ लिनुपर्ने र पुनः शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्