जेठ ८ र ९ का लागि जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौं, जेठ ४ : जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमित भएलगत्तै जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।...
काठमाडौं, जेठ ४ : जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमित भएलगत्तै जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । जसपा अध्यक्षद्वय यादव र ठाकुरले जेठ ८ र ९ गतेका लागि केन्द्रीइ कार्यकारिणी समितिको बैठक बेलाएका हुन्।
अध्यक्षद्वयले कार्यकारिणी समितिका सदस्यलाई पत्र लेख्दै बैठकमा सहभागी हुन आग्रह गरेका छन्। देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको अध्यक्षद्वयले बताएका छन् ।
मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले लामो समयदेखि देखिएको जसपाभित्रको विवाद समाधान गरेका थिए । दुवैले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी वर्तमान सरकारमा नजाने र सरकारको नेतृत्वको दाबी गरेका थिए ।
प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











