Kathmandu Press

प्रशिक्षक बन्न एलेग्रीलाई रियलको प्रस्ताव

मड्रिड, जेठ ४ : रियल मड्रिडले प्रशिक्षक बन्नाका लागि मासिमिलियानो एलेग्रीलाई प्रस्ताव गरेको छ।फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेपछि...
प्रशिक्षक बन्न एलेग्रीलाई रियलको प्रस्ताव

मड्रिड, जेठ ४ : रियल मड्रिडले प्रशिक्षक बन्नाका लागि मासिमिलियानो एलेग्रीलाई प्रस्ताव गरेको छ।

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेपछि रियलले आगामी सिजनका लागि एलेग्रीलाई प्रस्ताव गरेको इटालियन स्पोर्टस् न्युज पोर्टल ला गाजेटा डेल स्पोट्र्सले जनाएको छ।

उसका अनुसार एलेग्रीसामु रियलले प्रति सिजन १० मिलियन युरोको प्रस्ताव गरेको छ। रियलले एलेग्रीसामू २ वर्षको प्रस्ताव गरेको बताइएको छ।

५३ वर्षीय एलेग्री २ वर्षयता क्लबबिहीन छन् । सन् २०१६मा युभेन्ट्स आएका उनले ०१९मा राजिनामा दिएका थिए । त्यसअघि उनले स्पाल, ससुओलो, एसी मिलानलगायतका क्लब सम्हालिसकेका छन्।

मे २३ मा हुने ला लिगाको अन्तिम खेलसँगै जिदानले रियल छाड्ने छन् । उपाधि होडमा रहेको रियलले अन्तिम खेलमा भिल्लारियलको सामाना गर्ने छ।

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्