Kathmandu Press

सिंहदरबारमा एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं, जेठ ४ : सत्तारुढ दल नेकपा एमालेभित्रको विवादा समधान गर्न बनेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा कार्यदलको पहिलो...
सिंहदरबारमा एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं, जेठ ४ : सत्तारुढ दल नेकपा एमालेभित्रको विवादा समधान गर्न बनेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा कार्यदलको पहिलो बैठक बस्न लागेको हो ।  

कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका समान ५ जना सदस्य छन् । जसमा ओलीका तर्फबाट संसदीय दलका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल पक्षबाट कार्यदमा भीम रावल, धनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन्। 

कार्यदललाई एमालेलाई २०७५ जेठ २ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ।


 

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्