Kathmandu Press

एमाले विवाद मिलाउन बनेको कार्यदल बैठक अझै बस्न सकेन

काठमाडौं, जेठ ४ : सत्तारुढ दल नेकपा एमालेभित्रको विदादा समधान गर्न बनेको कार्यदलको बैठक अझै बस्नु सकेको छैन। विवाद समाधानका आइतबार गठन गरिरएको १० सदस्यीय...
एमाले विवाद मिलाउन बनेको कार्यदल बैठक अझै बस्न सकेन

काठमाडौं, जेठ ४ : सत्तारुढ दल नेकपा एमालेभित्रको विवादा समाधान गर्न बनेको कार्यदलको बैठक अझै बस्न सकेको छैन। 

विवाद समाधानका लागि आइतबार गठन गरिरएको १० सदस्यीय कार्यदललाई तीन दिनको समय दिइएको थियो, तर दुई दिन बित्न लाग्दा कार्यदलको बैठक बस्न सकेको छैन।

कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका समान ५ जना सदस्य छन् । जसमा ओलीका तर्फबाट संसदीय दलका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल पक्षबाट कार्यदमा भीम रावल, धनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन्। 

कार्यदललाई एमालेलाई २०७५ जेठ २ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्