कोरोनाकाबाट मृत्यु भएकामध्ये आधाभन्दा बढी वृद्धवृद्धा
काठमाडौं, जेठ ४ः गत सोमबारसम्ममा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६०...
काठमाडौं, जेठ ४ : गत सोमबारसम्ममा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।
कोरोनाका कारण मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। सबैभन्दा कम ९ वर्ष मुनि उमेर समूहका बालबालिका रहेका छन्।
तथ्यांक अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये ६० वर्षभन्दा माथि उमेर समूहका २ हजार ९०९, ५० देखि ५९ वर्ष उमेर समूहका ९ सय ५५, ४० देखि ४९ उमेर समूहका ७१९ र ३० देखि ३९ वर्ष उमेर समूहका ४ सय २९ जनको मृत्यु भएको छ।
यस्तै २० देखि २९ वर्ष उमेर समूहका १ सय ४५, १० देखि १९ वर्ष उमेर समूहका २९ र ९ वर्षभन्दा मुनिको उमेर समूहका २९ गरी कुल ५ हजार २१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










