कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु
नेपालगन्ज, जेठ ४ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार गएरातिदेखि आज बिहानसम्म ६ जनाको...
नेपालगन्ज, जेठ ४ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार गएरातिदेखि आज बिहानसम्म ६ जनाको मृत्यु भएको हो। भेरी अस्पतालमा चार जना र नेपालगन्ज मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले बताए।
भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जकी ६२ वर्षीया बृद्धा, खजुराका ८५ वर्षीय बृद्ध, सुर्खेत गुर्भाकोटका ६८ वर्षीय बृद्ध र दाङको तुल्सीपुरका ५० वर्षीय बृद्ध छन्।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तुको शिवराजका ३८ वर्षीय युवक र बर्दियाको मधुवनका ६५ वर्षीय बृद्धको मृत्यु भएको उनले बताए।
प्रकाशित मिति: ०८:४६ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










