Kathmandu Press

छिट्टै विश्वासको मत लिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै प्रतिनिधिसभामा विश्वासको मत लिने बताएका छन्। नयाँ मन्त्रिमण्डल गठनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै...
छिट्टै विश्वासको मत लिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै प्रतिनिधिसभामा विश्वासको मत लिने बताएका छन्। 

नयाँ मन्त्रिमण्डल गठनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै विश्वासको मत लिने तयारीमा रहेको बताएका हुन्। बैठकमा सहभागि एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने कुरा गर्नु भयो। यसका लागि तयारीमा रहेको बताउँनुभयो।”

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ३१ चैतमा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। अल्पमतको प्रधानमन्त्री नियुक्त ओलीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

त्यहि अनुसार, ओलीले बजेट ल्याउनुभन्दा अघि विश्वासको मत लिने तयारी गरेको जनाएको छ। विपक्षी दलहरूले पनि बजेट अघि विश्वासको मत लिनुपर्नेमा जोड दिँदै आएका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ। त्यसअघि विश्वासको मत नलिँदा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित नहुने ओलीको आशंका छ। 

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्