Kathmandu Press

भारतमा संक्रमण घट्यो, मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं, जेठ ४  : भारतमा कोराना भाइरस संक्रमितको संख्या घटे पनि मृत्यु हुनेको संख्या भने बढेको छ। एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको...
भारतमा संक्रमण घट्यो, मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं, जेठ ४  : भारतमा कोराना भाइरस संक्रमितको संख्या घटे पनि मृत्यु हुनेको संख्या भने बढेको छ। एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ। 

गत २४ घण्टामा दुई लाख ६३ हजार ४५ जनामा कोरोना देखिएको छ। आइतबार दुई लाख ८१ हजारमा कोरोना देखिएको थियो। 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या दुई करोड ५२ लाख २७ लाख नौ सय ७० पुगेको छ। त्यस्तै, सक्रिय संक्रमितको संख्या ३३ लाख ६९ हजार नाघेको छ। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७८ हजार सात सय ५१ पुगेको छ। अझै लाखौ संक्रमित आईसीयूमा रहेका छन्। 

भारतको राजधानी दिल्लीमा संक्रमण दर घटे पनि अन्य राज्यमा भने बढ्दै गएको जनाएको छ। गाउँमा संक्रमण फैलिन थालेकाले झन जोखिम बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित मिति: ०६:३४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्