ओली प्रधानमन्त्री भएपछि बस्यो पहिलो मन्त्रिपरिषद् बैठक
काठमाडौं, जेठ ३ : केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा...
काठमाडौं, जेठ ३ : केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने जनाइएको छ । यस्तै वैठकमा स्वास्थ्य संकटकाल प्रस्तावमाथि समेत छलफल भएको बुझिएको छ ।
कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिईन् ।
प्रकाशित मिति: २१:२६ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










