जनताको सुरक्षामा भन्दा पनि सरकार कमाउ धन्दामा लाग्यो : देउवा
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको बताएका छन् ।कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार...
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको बताएका छन् ।
कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको भन्दै कांग्रेसले त्यस्तो माग नगर्ने प्रष्ट पारेका हुन् ।
उनले अक्सिजन र भ्याक्सिन खरिदमा सरकारको कसरी धेरै कमिसन खान पाइन्छ भनेर दाउ हेरेको आरोप समेत लगाएका छन् ।
सरकारले सबैजनालाई कोरोना भ्याक्सिनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुको सट्टा त्यहाँबाट कति कमाउने भन्नेमा केन्द्रित भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: २०:१८ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










