टेर स्टेगनले युरोकप गुमाउने
काठमाडौं, जेठ ३ : स्पेनिस क्लब बार्सिलोनाका जर्मन गोलकिपर मार्क आन्द्रे टेरस्टेगनले युरोकप गुमाउने भएका छन् । टेर स्टेगनले घुँडाको चोटका कारण युरोपकबाट नाम...
काठमाडौं, जेठ ३ : स्पेनिस क्लब बार्सिलोनाका जर्मन गोलकिपर मार्क आन्द्रे टेरस्टेगनले युरोकप गुमाउने भएका छन् । टेर स्टेगनले घुँडाको चोटका कारण युरोपकबाट नाम फिर्ता लिएको सोमाबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनले बार्सिलोनाका फिजियोसँगको सल्लाहअनुसार घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले युरोकपबाट नाम फिर्ता लिएको बताएका छन्। ‘क्लबका मेडिकल टिमसँगको सल्लाह अनुसार नै युरोकप नखेल्ने निर्णय गरेको हुँ,’ टेर स्टेगनले भनेका छन्, ‘जर्मन टिमसँगै युरोप खेल्न नपाउँदा दुःखी छु।’ सेल्टाभिगोसँग पराजित हुँदै बार्सिलोना ला लिगाको उपाधि होडबाट बाहिरिएपछि टेर स्टेगनले यस्तो निर्णय गरेका हुन्।
टेर स्टेगनको दाहिने घुँडाको मे २० मा शल्यक्रिया गरिने छ । गत अगस्टमा पनि उनको घुँडाको यस्तै शल्यिक्रिया गरिएको थियो । त्यसपछि नोभेम्बरसम्म मैदान बाहिर रहेका थिए।
उत्कृष्ट फर्ममा रहेका २९ वर्षीय टेर स्टेगन जर्मनीका दोस्रो रोजाईका गोलकिपर हुन् । उनले जर्मनीबाट २४ खेल मात्र खेल्न पाएका छन् ।











