चीनको बेइजिङबाट थप ९७५ अक्सिजन सिलिण्डर आइपुगे
काठमाडौं, जेठ ३ : चीनको राजधानी बेइजिङबाट हिजो (आइतबार) र आज (सोमबार) गरी थप ९७५ वटा अक्सिजन सिलिण्डर काठमाडौ ल्याईएको छ ।नेपाल वायुसेवा निमगको...
काठमाडौं, जेठ ३ : चीनको राजधानी बेइजिङबाट हिजो (आइतबार) र आज (सोमबार) गरी थप ९७५ वटा अक्सिजन सिलिण्डर काठमाडौ ल्याईएको छ ।
नेपाल वायुसेवा निमगको वाइडबडी जहाजले उक्त अक्सिजन काठमाडौं ल्याएका हुन् । यससँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन् ।
यस्तै, १७५ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल ल्याईएको छ । नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याएको हो ।
यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।
प्रकाशित मिति: १८:५२ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










