झापाको बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन सिफारिस
काठमाडौं, जेठ ३ : काठमाडौं विश्वविद्यालयले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रक्रिया अघि बढाएको छ। सो विश्वििवद्यालयले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि...
काठमाडौं, जेठ ३ : काठमाडौं विश्वविद्यालयले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रक्रिया अघि बढाएको छ। सो विश्वििवद्यालयले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि आइतबार सिफारिस गरेको हो।
विश्वविद्यालयको ८९औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ सम्म कलेजको निरीक्षणसमेत गरेको थियो।
वैशाख ३१ मा बसेको विश्वविद्यालय कार्यकारी परिषद्को ६२५औं बैठकले निरीक्षण प्रतिवेदननका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको हो।
हेर्नुहोस् सिफरिस पत्र
.jpg)
प्रकाशित मिति: १७:२२ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1790332718.jpg)




-1790332718.jpg)


