Kathmandu Press

अष्ट्रेलियामा सिमोनलले जिते रजत पदक

काठमाडौं, असार २ : नेपाली कराँते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराँते च्याम्पियनसिपमा रजत पदक जितेका छन्।....

अष्ट्रेलियामा सिमोनलले जिते रजत पदक

काठमाडौं, असार २ : नेपाली कराँते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराँते च्याम्पियनसिपमा रजत पदक जितेका छन्।

पुरुष ७५ केजीमाथि तौल समूहमा सिमोन फाइनलमा अष्ट्रेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुकेका हुन्। 

सिमोनको यो सातौं अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका छन्।
 

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्