Kathmandu Press

लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

काठमाडौं, जेठ ३ : प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ। समाजको तर्फबाट गठित छनोट समितिको...
लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

काठमाडौं, जेठ ३ : प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ। 

समाजको तर्फबाट गठित छनोट समितिको वैशाख ३० गते बसेको जुम बैठकबाट २०७७ को सम्मान श्रेष्ठ र २०७८ को सम्मान चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्या‍एको योगदानको कदरस्वरूप दुई वर्षको सम्मान दुई जनालाई प्रदान गर्न लागेको जानकारी दिए। 

Hardik ivf

सम्मानको राशि जनही २५ हजार र कदरपत्र रहेको छ। सो सम्मानका लागि समाजले १० लाखको अक्षयकोष स्थापना गरेको थियो। 

समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गते प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने अध्यक्ष केसीले बताए।

२०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन्। 
 

प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्