Kathmandu Press

भक्तपुरमा भेरोसेलको दोस्रो डोज जेठ ६ गतेबाट

भक्तपुर, जेठ ३ : भक्तपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ ६ गतेबाट लगाइँने भएको छ। भक्तपुरले सूचना प्रकाशित गरि भेरोसेल...
भक्तपुरमा भेरोसेलको दोस्रो डोज जेठ ६ गतेबाट

भक्तपुर, जेठ ३ : भक्तपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ ६ गतेबाट लगाइँने भएको छ। 

भक्तपुरले सूचना प्रकाशित गरि भेरोसेल लगाउने मिति र स्थान तय गरेको जनाएको छ। वैशाख ४ देखि १५ गतेसम्म पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाइने भएको छ। 

नगरपालिकाले १० वटै वडामा खोप केन्द्र तोकेको छ। तालिका अनुसार आ–आफ्नो वडामा गएर खोपको दोस्रो डोज लगाउन नगरपालिकाले आग्रह गरेको छ। 

साथै खोप लगाउन आउदा पहिलो डोज लगाउँदा दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर आउन पनि नगरपालिकाले अपील गरेको छ। 

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्