Kathmandu Press

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ ३ : नेपाल आयल निगमले निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र...
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ ३ : नेपाल आयल निगमले निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ। निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ। 

त्यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ। आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन।

प्रकाशित मिति: ०६:४३ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्