Kathmandu Press

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ ३ : नेपाल आयल निगमले निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र...
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
Hardik ivf

काठमाडौं, जेठ ३ : नेपाल आयल निगमले निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ। निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ। 

त्यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ। आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन।

प्रकाशित मिति: ०६:४३ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्