संसदीय प्रक्रियाबाटै बजेट आउँछ : प्रधानमन्त्री
काठमाडौं, जेठ २ : सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने स्पष्ट पारेका छन्। आइतबार सिंहदरबारमा...
काठमाडौं, जेठ २ : सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने स्पष्ट पारेका छन्।
आइतबार सिंहदरबारमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि सञ्चाकर्मीले सोधेको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले संसद जिउँदै रहेकाले संसदीय प्रक्रियाबाटै बजेट आउने बताएका हुन्।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । तर सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छैन।
जेठ १५ गतेअगावै राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने पनि व्यवस्था छ। वैशाख २७ गने विश्वासको मत लिन विशेष अधिवेशन आह्वान गरिएको थियो।
त्यतिबेला विश्वासको मत पाउन नसकेका ओली विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि वैशाख ३० गते ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर उनले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।



-1790332718.jpg)




-1790332718.jpg)


