Kathmandu Press

जसपाका दुई अध्यक्षबीच भेटवार्ता हुँदै

जसपाका दुई अध्यक्षबीच भेटवार्ता हुँदै

काठमाडौं, जेठ २ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच ‘वान टु वान’ वार्ता हुने भएको छ। पार्टीमा उत्पन्न समस्याबारे छलफल गर्न आइतबार दिउँसो उनीहरूबीच वार्ता हुन लागेको जनाइएको छ।

सत्ता समीकरणको विषयमा दुई समूहबीच विचार नमिल्दा जसपा फुटको संघारमा पुगेको छ। ठाकुर नेतृत्वको समूहले ओली सरकारलाई निरन्तरता दिन र यादवले नेतृत्वको समूह ओलीलाई जसरी पनि हटाएर अर्को सरकार बनाउन केन्द्रित भएपछि जसपाभित्र विवाद उत्पन्न भएको थियो।

वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा र ३० गतेभित्र मिलीजुली सरकार बनाउन समयसीमा तोकिँदा ठाकुर समूह तटस्थ बसेपछि विपक्षी गठबन्धनको सरकार बनाउने प्रयास असफल हुन पुगेको थियो।

त्यसपछि जसपामा दुई समूहबीचको विवादले झनै चर्को रूप लिएको थियो। ठाकुरले आफू पक्षीय सांसद भेला गरेर राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेपछि विवादले झनै उग्र रूप लिएको छ। 

यही अवस्थामा दुई अध्यक्षबीच हुन लागेको वार्तालाई निकै महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्