कोरोनाका कारण चलचित्र निर्देशक चेतन कार्कीको निधन
काठमाडौं, जेठ २ : नेपाली चलचित्रका निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणका कारण आज (आइतबार) बिहान १० बजे निधन भएको...
काठमाडौं, जेठ २ : नेपाली चलचित्रका निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणका कारण ८४ वर्षको उमेरमा निधन भएको छ।
कोरोना संक्रमण भएपछि गत आइतबार छाउनीस्थित अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा आज (आइतबार) बिहान साढे १० बजे निधन भएको हो।
‘विश्वास’, ‘पहिलो प्रेम’, ‘मनको आँखा’, ‘भुमरी’ लगायत चलचित्र निर्देशन गरेका कार्कीले सय भन्दा बढी चलचित्रका कथासमेत लेखेका छन्। उनले कैयौं कालजयी गीतसमेत रचेका छन्।
कार्की तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा पनि आबद्ध थिए। उनका पत्नी र दुई छोरा छन्।
प्रकाशित मिति: १३:२४ बजे, आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1790332718.jpg)




-1790332718.jpg)


