चट्याङबाट वैशाखमा मात्रै २१ जनाको मृत्यु
काठमाडौं, जेठ १ : मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...
काठमाडौं, जेठ १ : मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ। एक महिनामा चट्याङका कारण एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट एक गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ। सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ।
यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए। एक महिनामा चार सय ९९ विपद्का घटना भएका छन्।
सबै घटनाबाट ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ। अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन्।
चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ। तथ्याङ्कले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ।



-1790332718.jpg)




-1790332718.jpg)


