Kathmandu Press

विधानविपरित दलको नेता चयन गरिनु अनैतिक : यादव–भट्टराई पक्ष

काठमाडौं, जेठ १ : पार्टीमा छलफल नै नगरी विधान विपरित संसदीय दलको नेता चयन गरिनु अनैतिक कदम भएको जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र...
विधानविपरित दलको नेता चयन गरिनु अनैतिक : यादव–भट्टराई पक्ष

काठमाडौं, जेठ १ : पार्टीमा छलफल नै नगरी विधान विपरित संसदीय दलको नेता चयन गरिनु अनैतिक कदम भएको जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले बताएको छ।

शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको यादव–भट्टराई पक्षको कार्यकारिणी समितिको बैठकले दलको समायोजन भएको र विधान पनि नरहेको अवस्थामा एकलौटी संसदीय दलको नेता चयन गरिनु आश्चर्यजनक भएको निष्कर्ष निकालेको छ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले संसदीय दलमा आफ्नो बहुमत भएको भन्दै बिहीबार राजेन्द्र महतोलाई संसदीय दलको नेता चय गरेका थियो।

शनिबार बसेको बैठकमा अध्यक्ष ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारबाही गर्ने विषही गर्नेबारे छलफल भएको थियो । र, बैठकमा संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरू कारबाही गर्नुपर्ने माग पनि उठेको बबताइएको छ।

बैठकपछि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुनै नसकने बताए । उनले संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाए विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता चयन हुने उल्लेख गर्दै पार्टी हित र विधानविपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाए ।

यता, अर्का अध्यक्ष महन्थ ठाकुरले यादब–भट्टराई पक्ष बोलाएको कार्यकारिणी समितिको बैठकप्रतिआपत्ति जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै त्यो पार्टीको कार्यकारिणी समितिको आधिकारीक बैठक नभएको बताएका छन् । उनले जसपाको कार्यकारिणी समितिको आधिकारी बैठक डाकिएको बताएका थिए।

 

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्