Kathmandu Press

यादव-भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकप्रति महन्थको आपत्ति

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति...
यादव-भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकप्रति महन्थको आपत्ति

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । यादव–भट्टाराईले बोलाएको कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिसरहेको छ।

पछिल्लो समय जसपा विवाद उत्कर्षमा रहेका बेला यादव–भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक गरेपछि अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै त्यो पार्टीको कार्यकारिणी समितिको आधिकारीक बैठक नभएको बताएका छन् । उनले भनेका छन्, ‘जसपाको कार्यकारिणी समितिको बैठक जारी रहेको समाचारहरु आइरहेका छन्, त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। अहिलेसम्म जसपाको कार्यकारिणी समितिको आधिकारी बैठक डाकिएको छैन ।’

पछिल्लो समयमा राजपाको विवाद चरमोत्कर्षमा पुगेको छ। नयाँ सरकार निर्माणका क्रममा ठाकुर–महतो समूहले कांग्रेसलाई समर्थन नगर्दै तटस्थ बस्ने निर्णय गरेपछि राजपा विवाद उत्कर्षमा पुगेको हो । अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि विवाद थप चुलिएको छ।

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा यादव–भट्टराई समूह बहुमत रहेको बताइन्छ । उसको पक्षमा ३०जना रहेको बताइएको छ।

 

 

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्