Kathmandu Press

प्रधानमन्त्रीले गुठी विधेयकबारे छलफल गर्न उपत्यकाका नेकपा सांसदलाई बोलाए बालुवाटार

काठमाडौं, असार २ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे छलफल गर्न नेकपाका सांसदलाई बोलाएका छन्।

गुठी विधेयकबारे आन्दोलन हुन थालेपछ....

प्रधानमन्त्रीले गुठी विधेयकबारे छलफल गर्न उपत्यकाका नेकपा सांसदलाई बोलाए बालुवाटार
काठमाडौं प्रेस

काठमाडौं, असार २ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे छलफल गर्न नेकपाका सांसदलाई बोलाएका छन्।

गुठी विधेयकबारे आन्दोलन हुन थालेपछि प्रधानमन्त्रीले छलफल तिव्र पारेका हुन्। उनले आज बिहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफल गरेका थिए। मन्त्री अर्यालले गुठी विधेयक र आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन्।

त्यसपछि आजै प्रधानमन्त्री ओलीले उपत्यकाका नेकपाका सांसदलाई छलफलका लागि बालुवाटार बोलाएका हुन्। ‘गुठी विधेयकबारे छलफल गर्न प्रधामन्त्रीज्यूले आज ३ बजे बोलाउनु भएको छ,’ नेकपा सांसद रामवीर मानन्धरले भने।

प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा गुठी विधेयकबारे भुलवस केही गल्ती भएको भए सच्याउने बताएका थिए।

हिजो र आज नेताहरूले गुठी विधेयक र त्यसविरुद्ध भइरहेको आन्दोलनका बारेमा ब्रिफिङ गरेपछि अन्यौलमा परेका थिए।

उपत्यकाका नेकपा सांसदहरूसँग छलफल प्रधामन्त्री ओली आजै निर्णयमा पुग्ने जनाएको छ।

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्