Kathmandu Press

भारतले पुलमा हिँड्न रोक्दा दार्चुलाबासी टुयुबबाटै महाकाली तर्दै

काठमाडौं, असार २ : भारतीय सरकारले महाकाली नदीमा बनेको झोलुङ्गे पुलबाट आवतजावत गर्न नदिएका कारण दार्चुलाको लेकम गाउँपालिका, लालीमा पुल बनेको छ महिना बि....

भारतले पुलमा हिँड्न रोक्दा दार्चुलाबासी टुयुबबाटै महाकाली तर्दै
फाइल फोटो

काठमाडौं, असार २ : भारतीय सरकारले महाकाली नदीमा बनेको झोलुङ्गे पुलबाट आवतजावत गर्न नदिएका कारण दार्चुलाको लेकम गाउँपालिका, लालीमा पुल बनेको छ महिना बित्दासमेत स्थानीयबासी ट्युबबाट नदी वारपार गर्न बाध्य छन्।

प्रतिनिधिसभाको आजको बैठकमा त्यहाँका गणेशसिं ठगुन्नाले सो पुल सञ्चालनका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गराए।

‘केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले सुरु गरेको तुइन तथा ट्युव उन्मुलन अन्तर्गत दार्चुलाको लेकम गाउँपालिका अन्तर्गत लालीको महाकाली नदीमा भारत सरकारको सहमतिमा पुल निर्माण सम्पन्न भएको छ महिना बितिसकेको छ’, सांसद् ठगुन्नाले भने,  ‘सुरुमा भारतीय पक्षले सुरक्षा चौकी र बाटो निर्माण सकेपछि पुल सञ्चालन गर्ने शर्त राखेको थियो। नेपालबाट सो काम पूरा भइसकेको छ। नेपाल र भारतको प्रशासनिक र प्राविधिक टोलीले निरीक्षण गरी प्रतिवेदनसमेत पठाइसकेको छ।’

सांसद् ठगुन्नाले यसबारे केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ञवालीलाई लिखित ध्यानाकर्षण गरिसकेको भए पनि हालसम्म पनि पुल सञ्चालनमा आएको छैन।

उनले भने, ‘वर्षात् सुरु भएको छ। पुल निर्माण सम्पन्न भइसकेपछि पनि सञ्चालन नभएकोले जनता ज्यान जोखिममा पारेर ट्युब तरिरहेका छन्। तत्काल पुल सञ्चालनको आवश्यक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्