Kathmandu Press

कोरियन भाषा परीक्षाको नतिजा असार १३ मा आउने

काठमाडौं असार २ : कोरियन भाषा परीक्षा (ईपिएस)को नतिजा असार १३ गते आउने भएको छ। नतिजा तयार गर्ने कार्य भइरहेको ईपियस शाखाले जनाएको छ।

यस वर्ष....

कोरियन भाषा परीक्षाको नतिजा असार १३ मा आउने

काठमाडौं असार २ : कोरियन भाषा परीक्षा (ईपिएस)को नतिजा असार १३ गते आउने भएको छ। नतिजा तयार गर्ने कार्य भइरहेको ईपियस शाखाले जनाएको छ।

यस वर्षको ईपिएस परीक्षा जेठ २५ गते र २६ गते भएको थियो । जसमा ८४ हजार दुई सय १५ जना सहभागी भएका थिए।

आवेदन भरेकामध्ये आठ हजार एक सय ४१ जना अनुपस्थित रहेको ईपियस शाखाले जनाएको छ।

अर्कोको नाममा परीक्षा दिने र चिटिङ गर्ने एक सय ५६ जनालाई कारवाही गरिएको ईपियस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए।

यस वर्ष १० हजार परीक्षार्थी उत्तीर्ण हुन सक्ने अनुमान गरिएकाे छ। ईपीएस शाखा स्राेतका अनुसार १० हजारभन्दा बढी परीक्षार्थी पास हुने देखिएकाे छैन।

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जना सहभागी भएका थिए। जसमध्ये सात हजार नौ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्