Kathmandu Press

सरकारको लापरबाहीले कोरोना संक्रमण बढ्यो : देउवा

काठमाडौं, वैशाख ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको बताएका छन्। इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल...
सरकारको लापरबाहीले कोरोना संक्रमण बढ्यो : देउवा

काठमाडौं, वैशाख ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको बताएका छन्। इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै देउवाले सरकार असंवेदनशील र अकर्मण्य हुँदा संक्रमण तिव्र बनेको आरोप लगाएका हुन्।

 ‘देश अहिले कोभिड(१९ महामारीको दोस्रो चरणमा छ। सरकारको चरम लापरबाही, असंवेदनशीलता र अर्कमण्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ। यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी छ,’ देउवाले सन्देशमा लेखेका छन् ।

सभापति देउवाले ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने शुभकामनामा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्