सांसदलाई आजबाट कोरोना खोपको दोस्रो डोज लगाइँदै
काठमाडौं, वैशाख ३१ : सांसदहरूलाई आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाइने भएको छ। संसीय संसद् सचिवालयका अनुसार आजबाट सांसद, संघीय संसद्का पदाधिकारी, सदस्य तथा...
काठमाडौं, वैशाख ३१ : सांसदहरूलाई आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाइने भएको छ।
संसीय संसद् सचिवालयका अनुसार आजबाट सांसद, संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई कोभिडसिल्डको दोस्रो डोज लगाइनेछ। उनीहरूलाई यस अघि पहिलो डोज फागुन १९, २० र २१ गते लगाइएको थियो।
आजबाट सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सांसदले लगाउने छन्। त्यस्तै, आज नै उनीहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ।
शनिबार सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)का कर्मचारीलाई खोप लगाइनेछ। यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ।
प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)