प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिने
काठमाडौं, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज २ः३० बजे शपथ ग्रहण...
काठमाडौं, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज २ः३० बजे शपथ ग्रहण समारोह आयोजना हुने जनाएको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीले बिहीबार राति १० बजे ओलीलाई अल्पमतको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। दुई वा दुईभन्दा बढी दलको सहमतिमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समयमा कसैले पनि दाबी प्रस्तुत नगरेपछि राष्ट्रपति भण्डारीले ओलीलाई अल्पमतको प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
योसँगै प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्री बनेका छन्।
नेकपा (माओवादी केन्द्र)को समर्थनमा तीन वर्ष अघि दुई तिहाइको प्रधानमन्त्री बनेका थिए। तर, नेकपा (एमाले) र माओवादी अलग भएपछि उनी अल्पमतको प्रधानमन्त्री बनेका हुन्।











-1790332718.jpg)