Kathmandu Press

केपी ओली अल्पमतको प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।
केपी ओली अल्पमतको प्रधानमन्त्री नियुक्त

काठमाडौं, वैशाख ३० : एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

विपक्षी गठबन्धनले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठन गर्न नसकेपछि ओली नै दोहोरिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रतिनिधिसभामा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

तोकिएको अवधिसम्म कसैको पनि दाबी प्रस्तुत हुन नआएको उल्लेख गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरेको थियो ।

ओलीले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्नुपर्नेछ ।

२७ वैशाखमा ओलीले प्रस्ताव गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि ओली नै दोहोरिएका हुन् ।

यससँगै ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । एमाले र माओवादी केन्द्रको सहकार्यमा उनी दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसअघि २५ असोज ०७२ देखि २० साउन ०७४ सम्म प्रधानमन्त्री बनेका थिए ।


 

प्रकाशित मिति: २२:२२ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्