Kathmandu Press

कृष्ण थापाको आरोप अराजनीतिक र भ्रष्टिकरण मात्र : कांग्रेस  

काठमाडौं, वैशाख ३० : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा साँसद कृष्ण थापाले दिएको अभिव्यक्ति भ्रष्टिकरण र व्यक्तिगत स्वार्थपूर्तिका लागि रहेको भन्दै काँग्रेसले गम्भीर ध्यानाकर्षणसहित...
कृष्ण थापाको आरोप अराजनीतिक र भ्रष्टिकरण मात्र : कांग्रेस  

काठमाडौं, वैशाख ३० : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा साँसद कृष्ण थापाले दिएको अभिव्यक्ति भ्रष्टिकरण र व्यक्तिगत स्वार्थपूर्तिका लागि रहेको भन्दै काँग्रेसले गम्भीर ध्यानाकर्षणसहित कडा शब्दमा भत्सर्ना गरेको छ ।

नेपाली काँग्रेस जैमिनी नगर समिति– वागलुङले थापाद्वारा काँग्रेसप्रति लगाइएको लाञ्छनाका बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो चरित्र ढाकछोपका लागि असत्य र व्यक्तिगत स्वार्थपूर्तिका लागि रहेको प्रष्ट पारेको छ ।

गण्डकी प्रदेशको सरकार गठनका विषयमा भएका गतिविधि र त्यसको प्रत्यक्ष भूमिकामा देखिएका थापाले विभिन्न सञ्चारमाध्यममा काँग्रेसप्रति लाञ्छित अभिव्यक्ति दिँदै आएका थिए ।  उनले दिएका अभिव्यक्तिप्रति नेपाली काँग्रेस जैमिनी नगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । जनमोर्चा र काँग्रेस बीचको असहिष्णु सम्बन्धका बारेमा थापाले दिएको बयान पूर्णतः असत्य, पूर्वाग्रही र व्यक्तिगत स्वार्थपूर्तिका लागि भएको जनाइएको छ । 

नेकपा एमालेसँग नजिक हुन काँग्रेसलाई यस्तो आरोप लगाउने चलन पुरानै रहेको विज्ञप्तिमा उल्लेख छ । ‘अराजनीतिक चरित्र, गुण्डागर्दी र राजनीतिक सामाजिक व्यवहार भ्रष्टिकरणमा परेका जनमोर्चाबाट पलायन कथित कार्यकर्ताले लगाउने गरेका आरोपको निरन्तरता कृष्ण थापाको वक्तव्य हो भन्ने नेपाली काँग्रेस जैमिनि स्ष्टै छ,’ जैमिनी नगर समितिका सभापति काशीराम आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै जनमोर्चाभित्र कुनै बौद्धिक तथा सैद्धान्तिक रुझानको आधारमा आधारमा नभै काँग्रेस विरोधि छवि बनाएका कारण उनको राजनीतिक बढोत्तरी गरिएको पनि सबैमा जगजाहेर नै छ । जसको परिणाम जनमोर्चाले भोग्ने छ यसमा हाम्रो कुनै गुनासो छैन ।’
 
काँग्रेस विरोधी भावनालाई प्राथमिकतामा राखेर भ्रष्ट चरित्र ढाकछोप गर्ने हतियारका रुपमा थापाबाट स्थानिय स्तरबाट दवाव परेको भनाई आएको काँग्रेसले बताएको छ । ‘काँग्रेसले कुनै पनि राजनीतिक दलका विरुद्ध यस प्रकारको नीति लिएको छैन ।

यो राष्ट्रिय स्तरबाट हेरे पनि प्रष्ट हुन्छ,’ सभापति आचार्यद्वारा जारी विज्ञप्तिमा अघि भनिएको छ, ‘जनमोर्चाका कतिपय कार्यकर्ता र नेताहरुसँग नेपाली काँग्रेसको बहस छलफल हुने गरे पनि यस क्षेत्रमा दुष्मनिपूर्ण कुनै व्यवहार हुने गरेको भन्ने धारणा कृष्ण थापा र उनको चरित्र भएका व्यक्तिसँग बाहेक अरुसँग भएको पार्टीमा जानकारी छैन ।’ जनमोर्चा त्याग्ने र अन्य पार्टी बरण गर्ने अवसरमा सबैले काँग्रेसका खिलाफमा दिने वक्तव्य यस्तै हुने गरेको स्मरण पनि गराइएको छ । 

विगतमा जनमोर्चाबाट काँग्रेसका नेता कार्यकर्तामाथि भएका आक्रमण थापा प्रवृत्तिकै कारण भएको उनको वक्तव्यबाट स्पष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ । जनमोर्चासँग राजनीतिक रुपले प्रतिस्पर्धा हुने भए पनि अराजनीतिक रुपले व्यक्तिगत धारणाका आधारमा थापाद्वारा सामाजिक द्वन्द्व निम्त्याउने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने वक्तव्य आएको भन्दै समितिले घोर भत्सर्ना समेत गरेको छ ।

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्