बाबुराम भट्टराई भन्छन्- वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बना
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै दलका कारण वैकल्पिक सरकार गठन हुन नसकेको सन्दर्भलाई ‘विडम्बनापूर्ण’ भनेका छन्।
काठमाडौं, वैशाख ३० : जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै दलका कारण वैकल्पिक सरकार गठन हुन नसकेको सन्दर्भलाई ‘विडम्बनापूर्ण’ भनेका छन्।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई नेपाली राजनीतिमा ‘चतुर’ संज्ञा दिएका छन्।
‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्,’ उनले लेखेका छन्, ‘अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!’
प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)